कानुनमन्त्रीले गरे खानेपानीको उद्घाटन

नेपालभ्युज

कानुनमन्त्रीले गरे खानेपानीको उद्घाटन

काठमाडौं। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ कीर्तिपुरस्थित देउसत खोलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गरेका छन्।

गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित कीर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहार गाउँमा सहमति संस्थाद्वारा निर्मित स्वामीघाट खानेपानीको मन्त्री गाहामगरले उद्घाटन गरेका हुन्।

सो अवसरमा मन्त्री गाहामगरले पुल र खानेपानीको निर्माणपछि चुहारबासीको समस्या हल भएकोमा खुसी व्यक्त गरे। उनले चुहार गाउँमा कम बस्ती भए पनि स्थानीयको समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माण गरिएको बताए।

मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउँदै यही वर्षमा विद्युतको पहुँचसमेत पुग्ने विश्वास दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved