रौतहटमा गोली चल्यो, एकको मृत्यु, तीन घाइते

नेपालभ्युज

रौतहटमा गोली चल्यो, एकको मृत्यु, तीन घाइते
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा गोली चल्दा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

गोली लागेर घाइते भएका स्थानीय राजकुमार राय यादवको स्थानीय अस्पतालमा उपचार उपचार सम्भव नभएपछि वीरगञ्ज लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार  बाटो बनाउने विषयमा विवाद हुँदा गोली हानाहान भएको हो । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्  ।

प्रहरीका अनुसार कसले गोली चलायो भन्नेबारे अनुसन्धान भइरहेको छ । प्रहरीले  घटनामा संलग्न रहेको आशंकामा ८ जनालाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved