बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपालभ्युज

बागमती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं ।  नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी  दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र काभ्रेका सांसद तीर्थ लामा  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्री भएका हुन् ।

बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र  तीर्थ लामाले  खानेपानी, ऊर्जा तथा सिञ्चाईं मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यो सँगै ६ सदस्यीय भएको प्रदेश सरकारमा अझै ५ वटा मन्त्रालय नेतृत्वविहीन छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved