पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना

‘पश्चिम नेपाल हुँदै दिउसो तिर पुर्वी  भागसम्म मौसम बदली भै पानी र असिना पानी पर्ने सम्भावना छ । चैत १८ सम्म यो प्रणाली  को असर देश भरी हुनेछ,

नेपालभ्युज

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना

काठमाडौं। नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली भएको छ ।

सूदुरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पानी पर्न थालिसकेको छ । पानी र असिना पर्ने क्रम बढ्दै जाने र विस्तारै पूर्वतर्फ सर्दै जाने मौसमविद् धर्मराज न्यौपानेले जनाएका छन् ।

‘पश्चिम नेपाल हुँदै दिउसो तिर पुर्वी  भागसम्म मौसम बदली भै पानी र असिना पानी पर्ने सम्भावना छ । चैत १८ सम्म यो प्रणाली  को असर देश भरी हुनेछ,’ न्यौपानेले भनेका छन् ।

शनिवार देश भरी नै हल्कादेखि मध्यम वर्षा, असिना पानी र कतै हावाहुरी अनि चट्याङको समेत सम्भावना रहको छ । ठाउँ अनुसार फरक असर पर्नेछ ।

भारतमा मौसम विभागले शुक्रवार र शनिवारका लागि उत्तर प्रदेश, बिहार अनि उत्तराखन्डका लागि सावधानी जारी गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved