शेखरलाई स्वर्णिम वाग्लेको सन्देश- तपाईंहरूको पार्टीमा रहिनँ

रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने चर्चा

वाग्ले वैशाख १० को उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बन्ने चर्चा छ । रास्वपा प्रवक्ता डा. मुकुल ढकाल वाग्लेलाई उम्मेदवार बनाउने प्रयास भइरहेको बताउँछन् ।

नेपालभ्युज

शेखरलाई स्वर्णिम वाग्लेको सन्देश- तपाईंहरूको पार्टीमा रहिनँ

काठमाडौं । नेपाली कांग्रेसनिकट युवा नेता स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेका छन् ।

वाग्लेले कांग्रेस नेता डा. शेखर कोइरालालाई सन्देश पठाउँदै कांग्रेस परित्यागको घोषणा गरेका हुन् । कोइरालाको सचिवालय सदस्य दिनेश थपलियाले नेपालभ्यूजसँग भनिन्, ‘उहाँले सन्देश पठाउनुभएको छ । उहाँले तपाईंहरूको पार्टी रहिनँ भन्ने सन्देश पठाउनुभयो ।’

वाग्ले वैशाख १० को उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बन्ने चर्चा छ । रास्वपा प्रवक्ता डा. मुकुल ढकाल वाग्लेलाई उम्मेदवार बनाउने प्रयास भइरहेको बताउँछन् ।

उनले ‘सरप्राईज’ दिने बताएका छन् । ‘तनहुँ १ को उम्मेदवारको नामले भाईब्रेसन ल्याउँछ । हामी सर्प्राईज दिन्छौँ,’ उनले भनेका छन् ।

उपनिर्वाचन : रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्लेको चर्चा, नेताहरू भन्छन्- ‘सर्प्राइज दिन्छौँ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved