मिडिया मोगल मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै

नेपालभ्युज

मिडिया मोगल मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै

एजेन्सी।  मिडिया मोगलको नामले विश्वभर चर्चित रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्न लागेका छन् ।

एक वेबसाइटको रिपोर्ट अनुसार ९२ वर्षको उमेरमा उनले आफ्नो पाँचौं विवाहको घोषणा गरेर सबैलाई चकित पारेका छन् । यो खबरले इन्टरनेटमा तहल्का फैलाएको छ । रुपर्ट सामाजिक सञ्जालमा ट्रेन्डिङमा छन्। धेरै प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया पनि दिइरहेका छन्।

हालै उनले चर्चित मोडल तथा अभिनेत्री जेरी हलसँग सम्बन्ध विच्छेद गरेका छन् । यो सम्बन्धविच्छेद भएको एक वर्षभन्दा कम समय भएको छ । अब उनको ६६ वर्षीया सान फ्रान्सिस्को पुलिस च्याप्लिन एन लेस्ली स्मिथसँग इन्गेजमेन्ट भएको छ।गपशप लेखक सिन्डी एडम्सलाई उद्धृत गर्दै एउटा स्टोरी प्रकाशित गरेको छ।

मर्डोककी भावी पत्नीले यसअघि गायक र रेडियो-टिभी सञ्चालक चेस्टर स्मिथसँग विवाह गरेकी थिइन् । स्मिथको २००८ मा मृत्यु भएको थियो। रुपर्ट मर्डोक हाल फक्स कर्पोरेशनका अध्यक्ष छन्।

मर्डोकको जन्म सन् १९३१ मा अस्ट्रेलियामा भएको थियो । अहिले उनी अमेरिकाको नागरिक पनि भइसकेका छन् । ५०-६० को दशकमा उनले धेरै मिडिया कम्पनीहरू किनेर ठूलो प्लेटफर्म बनाए। संसारभरका धेरै मिडिया कम्पनीहरूसँग उनि जोडिएका छन् ।

रुपर्ट मर्डोकको पहिलो विवाह सन् १९५६ मा प्याट्रिसिया बुकसँग भएको थियो । १९६७ मा उनले दोस्रो पटक अन्ना मारिया टोर्भसँग विवाह गरे। यो सम्बन्ध २२ वर्षसम्म चल्यो।

उनले तेस्रो पटक वेन्डी डेङसँग विवाह गरे। सन् २०१६ मा उनले मोडल जेरी हलसँग चौथो विवाह गरे । अब उनले पाँचौं विवाह गर्न लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved