साफ यू-१७ महिला फुटबल : नेपाल भारतसँग हार्‍यो

नेपालभ्युज

साफ यू-१७ महिला फुटबल : नेपाल भारतसँग हार्‍यो

काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।

बङ्गलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ गोलअन्तरले पराजित भएको हो।

भारतको लागि शिल्जी शाजी र पूजाले गोल गरे भने नेपालको लागि वर्षा ओलीले गोल फर्काइन्।

खेलको १० औँ मिनेटमा शाजीले गोल गर्दैँ भारतलाई अग्रता दिलाईन्। शाजीले ४० औँ मिनेटमा भारतको लागि दोस्रो गोल गरिन्। ४१ औँ मिनेटमा पुजाले भारतको लागि तेस्रो गोल गरिन्।

नेपालको लागि वर्षा ओलीले ५४ औँ मिनेटमा गोेल गर्दै खेललाई ३–१ मा पुर्याईन्। ८० औँ मिनेटमा शाजीले भारतको लागि चौथो गोल गर्दै ह्याट्रीक पूरा गरिन्।

अर्को खेलमा घरेलु टोली र भुटान साँझ ७ बजे भिड्दै छन्। बुधबार नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved