काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबद्ध एसिया लायन्स लिजेन्ड्स लिग क्रिकेटको फाइनलमा पुगेको छ ।
गएराति भएको एलिमिनेटर खेलमा इन्डिया महाराजलाई ८५ रनले हराउँदै लायन्स फाइनलमा पुगेको हो । लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा १ सय ६ रनमा समेटियो । उसका कप्तान गौतम गम्भीरले सर्वाधिक ३२ रन बनाए ।
त्यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । लायन्सका उपुल थरङ्गाले सर्वाधिक ५० रन बनाए । त्यस्तै मोहम्मद हफिजले ३८ रन जोडे ।
नेपालका पारस खड्काले हिजोको खेलमा बलिङ् र ब्याटिङ गर्नु परेन । यसअघि वर्ल्ड जायन्ट्स फाइनलमा पुगिसकेको छ । उपाधिका लागि सोमबार वर्ल्ड जायन्ट्स र एसिया लायन्सबीच खेल हुनेछ ।
Facebook Comment
Comment