उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

यादवले उपराष्ट्रपतिका अर्का उम्मेदवार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे ।

उपराष्ट्रपतिमा रामसहाय यादव विजयी

काठमाडौं। नयाँ उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव विजयी भएका छन्। उनी जसपाका दुई उम्मेदवारमध्ये एक हुन्।

यादवले उपराष्ट्रपतिका अर्का उम्मेदवार एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी शाक्यले १६ हजार ३२८ मतभार पाइन् । अर्की उम्मेदवार जनमतकी ममता झाले २५ सय ३७ मतभार ल्याइन् ।

प्रदेश सभा सदस्यमा यादवले  ३२९,  शाक्यले  १६९, झाले – १५ र प्रमिलाले १ मत प्राप्त गरे । यसैगरी, संघीय संसदअन्तर्गत यादवले  १८४,  शाक्यले  १०४ र झाले २३ मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका यादव सधैं जसपा अध्यक्ष उपेन्द्र यादवको सारथी बन्दै आएका थिए ।

२०२७ सालमा जन्मेका यादवको राजनीति नेपाल सद्भावना पार्टीबाट सुरु भएको हो । २०६० पछि तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरी सक्रिय राजनीति थाले उनी राजनीतिमा आउनु अघि शिक्षण पेशामा थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र रहेको रामसहाय उपराष्ट्रपति बनेपछि बारा क्षेत्र नम्बर २ मा सांसद पद रिक्त भएको छ । त्यहाँबाट उपेन्द्रलाई उम्मेदवार बनाएर संसदमा प्रवेश गराउने उद्देश्य अनुसार नै रामसहायलाई उपराष्ट्रपति बनाइएको चर्चा छ ।

०६४ मा संविधानसभा सदस्य भएका रामसहाय अशोक राई नेतृत्वको संघीय समाजवादी र मधेसी जनअधिकार फोरम एकता भएपछि बनेको संघीय फोरमको महासचिवसमेत भएका थिए ।

०७४ को निर्वाचनमा प्रतिनिधिसभामा विजयी यादव २०७८ मा वन तथा वातावरणमन्त्री बनेका थिए । यसअघि पनि उपेन्द्र यादवकै पार्टीबाट परमानन्द झा पहिलो उपराष्ट्रपति निर्वाचित भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved