राष्ट्रपति चुनावमा ५३ सांसदले हालेनन् भोट

राष्ट्रपति निर्वाचनमा कुल ८८४ मतदाता रहे पनि ८३१ जनाले मात्रै मत खसालेका छन् । संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो।

नेपालभ्युज

राष्ट्रपति चुनावमा ५३ सांसदले हालेनन् भोट

काठमाडौं। राष्ट्रपति निर्वाचनमा कुल ८८४ मतदाता रहे पनि ८३१ जनाले मात्रै मत खसालेका छन् । संघका ३१३ र प्रदेशका ५१८ गरी ८३१ मत खसेको हो ।

संघका कोही सांसदले निर्णय गरेरै भोट हालेनन् भने कोही बिरामी भएकाले आउन पाएनन् । राष्ट्रपतिको निर्वाचनमा पार्टीले संस्थागत निर्णय गरेरै राप्रपाका १४ र नेमकिपाका १ गरी १५ सांसद तटस्थ रहे।

बिरामी भएर चन्द्र भण्डारी र वर्षमान पुन पनि निर्वाचनमा सहभागी हुन पाएनन् । यस्तै, एक जना निलम्बित, एकजना सांसद फरार सूचीमा रहेकाले मतदानमा सहभागी भएनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि एक पद रिक्त छ भने अर्का एक सांसदको मृत्यु भएको छ । प्रदेशतर्फ ५५० मध्ये ५१८ सांसदले मात्रै मतदान गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved