राष्ट्रपतिबारे भनिहाल्ने अवस्थामा छैनौं : अध्यक्ष लिङ्देन

नेपालभ्युज

राष्ट्रपतिबारे भनिहाल्ने अवस्थामा छैनौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताएका छन् ।

सोमवार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले २४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ । यही कुरा नेकपा एमालेलाई पनि भनेको छौँ । शुभकामना दियौँ । स्वागत गरेका छौँ । हामीले सिधा भन्ने अवस्थामा पुगेका छैनौँ ।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।

यसैबीच अध्यक्ष लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।
उनलेले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

उनले यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved