ओलीका प्रमुख शत्रु प्रचण्ड कसरी प्रधानमन्त्री भए : भीम रावल

ओलीका प्रमुख शत्रु प्रचण्ड कसरी प्रधानमन्त्री भए : भीम रावल

सुर्खेत। नेकपा एमालेका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रमुख शत्रु घोषित गरिएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कसरी प्रधानमन्त्री भए ? भनेर प्रश्न गरेका छन् ।

सुर्खेत आएका एमाले नेता रावलले तत्कालिन अवस्थामा प्रमुख शत्रु घोषित गरिएका माओवादीका अध्यक्ष प्रचण्ड कसरी एमाले अध्यक्ष ओलीको प्रस्तावमा प्रधानमन्त्री भए भनेर प्रश्न गरेका हुन् ।

विगत नेकपा पार्टी बन्दा के सहमति भएको थियो त्यो कुरा पार्टीमा छलफल नहुँदा विवाद भएको रावलले बताए । ‘विगतमा नेकपा हुँदा अध्यक्षद्वय ओली र प्रचण्डबीच पाँच वर्षको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको रहेछ ।’ उनले भने,‘त्यही विषयमा विवाद हुँदा एमाले र माओवादी पार्टी ब्युँतिए । त्यो बेला अध्यक्ष ओलीका प्रमुख शत्रु माओवादी अध्यक्ष प्रचण्ड नै थिए ।’

नेकपा एमाले र माओवादी पार्टी बिभाजन भएपछि तत्कालिन अध्यक्ष ओलीका प्रमुख शत्रु तत्कालीन एमालेका नेता हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेको रावलले बताए ।

‘मैले कुरो बुझ्न नै सकेको छैन् । अहिले नेपाललाई अध्यक्ष ओलीले के आधारमा नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्नुभयो । के आधारमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुभयो ?’ उनले प्रश्न गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved