झापामा एक युवाले गरे आत्मदाहको प्रयास

नेपालभ्युज

झापामा एक युवाले  गरे आत्मदाहको प्रयास
प्रतिकात्मक तस्वीर ।

झापा । बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर  मंगलबार आत्मदाहकाे प्रयास गरेका छन्।

आत्मदाह प्रयास गर्नेमा  बिर्तामोड ७ का  विजय चौधरी रहेको प्रहरीले जनाएको छ  ।

इलाका प्रहरी कार्यलय बिर्तामोडका अनुसार चौधरीले पेट्रोल खन्याएर शरीरमा आगो लगाएका थिए ।

उनको पिठ्युँ र ढाड जलेको छ । उनलाई अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार  पारिवारिक समस्याका कारण आत्मदाहकाे प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनाका बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved