प्रदेश सभामा कर्ज्याङको प्रश्न- सोलुखुम्बुका जनतालाई प्रशासनिक सुगमता खै ?

नेपालभ्युज

प्रदेश सभामा कर्ज्याङको प्रश्न- सोलुखुम्बुका जनतालाई प्रशासनिक सुगमता खै ?

विराटनगर । प्रदेश नं. १ का प्रदेश सभा सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले सोलुखुम्बुका जनताले संघीयताको मूल मर्मअनुसारको प्रशासनिक सुगमताको प्रत्याभूति गर्न नपाएको बताएका छन् ।

सोमबार (आज) बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सांसद शेर्पाले यस्तो बताएका हुन् । ‘संघीयताको मूल मर्म प्रशासनिक सुगमता र सम्बन्धित प्रदेशको पहिचानलाई स्थापित गर्ने भएपनि सोलुखुम्बुका जनताले त्यो अनुभूति गर्न पाएका छैनन्,’ सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित शेर्पाले भने ।

सोलुखुम्बुका जनताका लागि प्रदेश राजधानी पुग्न संघीय राजधानी पुग्नुभन्दा बढी सास्ती भोग्नुपर्ने दृष्टान्त सुनाउँदै त्यसप्रति प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराए । ‘सोलुखुम्बुबाट प्रदेश राजधानी विराटनगर आउनुभन्दा संघीय राजधानी काठमाडौं पुग्न सहज छ । विराटनगर आउनु काठमाडौं जानुभन्दा दोब्बर समय, दोब्बर खर्च र दोब्बर कष्ट भोग्नुपर्छ । यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।

उनले सोलुखुम्बुका जनताको सहजताका लागि कांगेल-विराटनगर र फाप्लु-विराटनगर हवाइ सेवा सुरू गर्नुपर्ने बताए । ‘नेपाल वायु सेवा निगमको नियमित उडान होस् । यसका लागि म प्रदेश र संघीय सरकारको गभ्मीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved