‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

नेपालभ्युज

 ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौं। बहुप्रतीक्षित फिल्म ‘छक्का पञ्जा-४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले गर्दासम्म १० लाखभन्दा बढी भ्युज पाइसकेको छ ।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ ।

ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोहसमेत बुनिएको देखाइएको छ । हेमराज बिसीद्वारा निर्देशित फिल्ममा दीपकरा गिरी, केदार घिमिरे र बुद्धि तामाङको साथमा  नीर शाह, निर्मल शर्मा, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपकराज गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्माताहरू केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved