काठमाडौंमा छैनन् ‘डेटिङ स्पट’, सार्वजनिक पार्कमा प्रेम साटासाट गर्दै जोडीहरू (फोटोहरू)

भ्यालेन्टाइनमा काठमाडौंका केही परिसरलाई युवायुवतीले डेटिङ स्पट बनाए। ‘यूएन पार्क’मा प्रेम जोडीहरू पुगेर माया साटासाट गरे। शंखपार्क, केशरमहलको गार्डेन अफ ड्रिम (स्वप्न बगैँचा), युएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैँचा, गोदावरी जस्ता केही स्टेसनमा समेत प्रेम साट्नेहरू पुगेका भेटिए।

काठमाडौंमा छैनन् ‘डेटिङ स्पट’, सार्वजनिक पार्कमा प्रेम साटासाट गर्दै जोडीहरू (फोटोहरू)

काठमाडौं। प्रणय दिवस  (भ्यालेन्टाइन डे) अर्थात् प्रेम साटासाट गर्ने दिन मंगलबार प्रेम जोडीहरूले खोजिरहेका थिए, हरिया बगैँचा, हावामा बयेली खेलिरहेका फूलहरू र रुखका बुट्यानहरू। कलकल पानीमा पौडिरहेका माछाहरू र भुर्र–भुर्र उडिरहेका चराहरू हेर्दै आपसमा प्रेम साटासाट गर्ने चाहना गरिरहेका थिए उनिहरू । तर, काठमाडौंमा यस्तो ठाउँ कहाँ पो छ र ।

काठमाडौं खाल्डोबाट माथि उक्लिएपछि केही ‘लभ लोकेशन’ त भेटिएला । तर, काठमाडौंभित्र त्यस्तो ठाउँ पाउन मुस्किल छ। शहरको भिडभाड, अस्तव्यस्त चहलपहल र चर्को ध्वनिकै बीच प्रेम जोडीले भ्यालेन्टाइन मनाउनुपर्ने अवस्था छ।

केही वर्षअघिसम्म पार्कमा केटाकेटीको जोडी बसेको देख्नासाथ देख्नेहरू भन्थे, ‘छ्या कस्ताे लाज पचेकाहरू, कस्ता उच्छृङ्खल?’ तर पछिल्लाे समय भने समाजले केटाकेटीको डेट र पार्ककाे भेटघाटलाई सहज रूपमा लिँदैछ। खुल्लमखुला प्रेम गर्नु, माया पोख्नु र रोमान्स गर्नुलाई ‘छाडापन’को संज्ञा दिने चलन बिस्तारै हट्न थालेको छ। यसले गर्दा प्रेम जोडीलाई सहज भएको देखिन्छ।

त्यसैले पनि हाेला यसपालिको भ्यालेन्टाइनमा काठमाडौंका केही परिसरलाई युवायुवतीले डेटिङ स्पट बनाए।  बागमती नदी पारि ललितपुरमा पर्ने ‘यूएन पार्क’ छ, जुन पार्कमा प्रेम जोडीहरू पुगेर माया साटासाट गरे। काठमाडौंमा महाराजगन्ज नजिकैको शंखपार्क, केशरमहलको गार्डेन अफ ड्रिम (स्वप्न बगैँचा), युएन पार्क, पुल्चोकको सदर चिडियाखाना, बालाजुको बाइसधारा बगैँचा, गोदावरी जस्ता केही स्टेसनमा समेत प्रेम साट्नेहरू पुगेका भेटिए।

हेरौँ , ललितपुरको ‘यूएन पार्क’ मा भ्यालेन्टाइन मनाउँदै  गरेका प्रेम जोडीहरूका केही फोटोहरू ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved