सम्झना कपमा गुजरातलाई स्वर्ण

नेपालभ्युज

सम्झना कपमा गुजरातलाई स्वर्ण

काठमाडौं । भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ ।

बुधबार भएको खेलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० सेटमा पराजित गरेको हो।

डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई ७–११, १२–१०, १३–११ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२–१०, ११–६, ८–११ र ११–७ को सेटमा हराए । अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११–६, ९–११, ११–४ र ११–९ ले पाखा लगाए ।

महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण जितेको थियो । प्रतियोगिता सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved