सेभेन थ्री स्पोर्ट्सले भन्यो- स्पट फिक्सिङमा संलग्न छैनौँ

प्रतियोगिताको व्यवसायी र रणनीतिक साझेदार रहेको सो कम्पनी सेभेन थ्री स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै नेपाल टी–२० क्रिकेट लिगमा भएका स्पट फिक्सिङमा आफू सहभागी नरहेको जिकिर गरेको हो।

नेपालभ्युज

सेभेन थ्री स्पोर्ट्सले भन्यो- स्पट फिक्सिङमा संलग्न छैनौँ
सेभेन थ्री स्पोर्ट्सका संञ्चालक

काठमाडौं। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले म्याच फिक्सिङ साथै स्पट फिक्सिङमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। प्रतियोगिताको व्यवसायी र रणनीतिक साझेदार रहेको सो कम्पनी सेभेन थ्री स्पोर्ट्सले एक विज्ञप्ति जारी गर्दै नेपाल टी–२० क्रिकेट लिगमा भएका स्पट फिक्सिङमा आफू सहभागी नरहेको जिकिर गरेको हो।

प्रतियोगिताको व्यवसायी र रणनीतिक साझेदार कम्पनीले नै खेलमा फिक्सिङ गर्न लगाएको आरोपहरू लागेका छन्।

सरकारी निकायले पनि त्यसको छानबिन गरिरहेको छ। यस्तोमा, भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार (आज) एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको दाबी गरेको छ।

म्याच फिक्सिङ प्रकरण : चारवटा टिमका व्यवस्थापककै संलग्नता रहेको सीआइबीको निष्कर्ष

यसले विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको समेत उल्लेख गर्दै लेखेको छ, ‘‘म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छन्। प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ।’’

म्याच फिक्सिङ प्रकरण : प्रमाणित भए संलग्नलाई पाँच वर्षसम्म कैद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अध्ययन अनुसारभने ले गरेको छानबिनमा नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको पाइएको बताएको छ।

त्यसैले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारी प्रहरीले पक्राउ गरेर छानबिन अघि बढाइरहेको छ।

विवादै विवादको घेरामा नेपाल टी : २० लिग, क्यान भन्छ खेलाडीलाई मर्कामा पार्दैनौ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved