म्याच फिक्सिङ प्रकरण : चारवटा टिमका व्यवस्थापककै संलग्नता रहेको सीआइबीको निष्कर्ष

कति रकम लेनदेन भयो भन्ने प्रष्ट नहुने सीआइबीको भनाइ छ। तीन, चार वटा खेलमा मात्र म्याच फिक्सीङ भएको सीआइबीले निष्कर्ष निकालेको छ । 

नेपालभ्युज

म्याच फिक्सिङ प्रकरण : चारवटा टिमका व्यवस्थापककै संलग्नता रहेको सीआइबीको निष्कर्ष

काठमाडौं।  नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापककै संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको जनाइएको छ। पक्राउ गर्न गाह्रो हुने भएकाले नाम सीआइबीले खुलाएको छैन। कति रकम लेनदेन भयो भन्ने प्रष्ट नहुने सीआइबीको भनाइ छ। तीन, चार वटा खेलमा मात्र म्याच फिक्सीङ भएको सीआइबीले निष्कर्ष निकालेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर सीआईबीले काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको बताएको हो । फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल अन्सारीले नेपाल टी–२० लिगमा म्याच फिक्सरको प्रस्तावअनुसार बलिङ गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको (सीआईबी) ले जनाएको छ। महबुब आलमले कम्तीमा २ जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको खुलेको जनाइएको छ।

फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल अन्सारी र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन्। फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूको अपराध पुष्टि भए तीनदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ। सो मुद्दामा कसूर भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोमतो गरे राष्ट्रहितविरुद्धको कसुर भएको मानिने उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved