कर्णालीकी सभामुख गुरुङ पार्टीबाट भइन् अलग

कर्णालीकी सभामुख गुरुङ पार्टीबाट भइन् अलग

सुर्खेत। कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले पार्टीबाट अलग भएको घोषणा गरेकी छन् । एक विज्ञप्ति निकाल्दै नेकपा (एमाले)बाट अलग भएको घोषणा गरेकी हुन् ।
नेकपा(एमाले) समानुपातिक सांसद रहेकी गुरुङले आफू प्रदेशसभाको गरिमामय पदमा निर्वाचित भएका कारणले एमाले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।

‘सभामुख पदमा निर्वाचित गरेकाले साझा भूमिका रहनुपर्ने संवैधानिक प्रावधानप्रति प्रतिबद्ध रहँदै म आबद्ध दल नेकपा (एमाले)को सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट अलग रहेको घोषणा गर्दछु ।’ उनले भनिन्,‘सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु ।’

सभामुख गरुङ्ग एमालेको कर्णाली प्रदेश सदस्य पदमा रहेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved