पुलिसलाई हराउँदै हेल्प नेपाल एनभीए राष्ट्रिय भलिबलको फाइनलमा

हेल्प नेपालले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ । 

नेपालभ्युज

पुलिसलाई हराउँदै हेल्प नेपाल एनभीए राष्ट्रिय भलिबलको फाइनलमा

काठमाडौं । पुलिस क्लबलाई हराउँदै हेल्प नेपाल एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा पुगेको छ ।

राति भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई ३-२ को सेटमा हराएको हो । प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले सुरुको सेट २५-२१ ले जित्यो । दोस्रो सेट पुलिसले २६ २४ ले जित्यो भने तेस्रोमा फेरि हेल्प नेपालले २५- १७ को जित निकाल्यो ।

चौथो सेट २५-२० ले जितेर पुलिस खेलमा फर्किए पनि अन्तिम सेट १५-८ ले जित्दै हेल्प नेपालले फाइनलको यात्रा तय गरेको हो ।

हेल्प नेपालले उपाधिका लागि त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved