लुम्बिनीमा मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ, जोखबहादुरले भने- बिनाविभागीय मन्त्री बन्दिनँ

नेपालभ्युज

लुम्बिनीमा मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ, जोखबहादुरले भने- बिनाविभागीय मन्त्री बन्दिनँ

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गिरिलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री गिरिसँगै नेकपा (माओवादी केन्द्र) को तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ र नेकपा (एमाले) को तर्फबाट अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले पनि शपथ लिएका छन् । केसी र आचार्यले बिनाविभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् ।

यसअघि माओवादी केन्द्रका जोखबहादुर महरालाई पनि बिनाविभागीय मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले आफू बिनाविभागीय मन्त्री बन्ने भन्दै प्रस्ताव अस्वीकार गरे । किन अस्वीकार गर्नुभएको ? भन्ने नेपालभ्यूजको जिज्ञासामा उनले भनेका छन्, ‘बिनाविभागीय मन्त्री बनेर के गर्ने ? बिनाविभागीय पनि मन्त्री हुन्छ र ?’

रोल्पाको प्रदेशसभा १ (क)बाट निर्वाचित महराले आफूले अर्थ तथा सहरी विकास मन्त्रालय लिने र समग्रतामा प्रदेशको विकासका लागि काम गर्ने बताउने गरेका थिए । भागबन्डाका क्रममा त्यो मन्त्रालय नपाउने भएपछि र बिनाविभागीय मन्त्री बन्नुपरेपछि उनले विरोध जनाएका हुन् ।

यही कारण शपथ ग्रहण कार्यक्रमसमेत २ घण्टा ढिलोगरी सुरू भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved