ड्वेन प्रिटोरियसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

नेपालभ्युज

ड्वेन प्रिटोरियसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं। दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। अलराउन्डर प्रिटोरियसले सोमबार टी–२० लिगमा ध्यान दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी गराएका हुन्।

‘यसपश्चात् म आफ्नो खेल जीवन र परिवारको बीच राम्रो सन्तुलन बनाउन सक्नेछु।’, प्रिटोरियसले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

प्रिटोेरियसले दक्षिण अफ्रिकाको लागि ३ टेस्ट खेल, ३० टी–२० र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले ७७ विकेट पनि लिन सफल भएका छन्।

सन् २०२१ मा लाहोरमा भएको खेलमा प्रिटोरियसले पाकिस्तानविरुद्धको खेलमा ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिन सफल भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved