कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक  विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलाई उक्त मस्यौदा बुझाएका हुन् ।

नेपालभ्युज

कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक  विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीलाई उक्त मस्यौदा बुझाएका हुन् ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका रकम चेम्जोङ सदस्य छन् ।

कार्यदलले शुक्रबार नै उक्त मस्यौदा तयार पारेको थियो । शीर्ष नेताहरूले सो मस्यौदा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved