ओलीको प्रश्न – मिडियाका मालिक पक्राउ पर्दा कसरी लोकतन्त्र खतरामा पर्‍यो ?

नेपालभ्युज

ओलीको प्रश्न – मिडियाका मालिक पक्राउ पर्दा कसरी लोकतन्त्र खतरामा पर्‍यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मिडियाको मालिक पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्नु गलत रहेको बताए ।

गृह जिल्ला झापामा सञ्चारकर्मीसँगको कुराकानीमा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे ओलीले यस्तो बताएका हुन् ।

‘…मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदा केहि नहुने । लोकतन्त्र कसरी खतरामा परिहाल्यो त, एक जना मिडियाका मालिक पक्राउ पर्दा ?’ ओलीले भने,‘पक्राउ गर्नु सही हो या होइन, समय सही हो या होइन, त्यता म जान्नँ । तर, यसलाई लोकतन्त्रमाथिको खतरा भन्नु गलत हो’

सिरोहियालाई समाचार लेखेको आधारमा पक्राउ गरेको हो र भन्दै उनले प्रश्नसमेत गरे । सरकारसँग घटनाबारे आवश्यक छानबिन गर्नसक्ने अधिकार रहेको ओलीको भनाइ छ ।

यस्तै, उनले गिरीबन्धु टी स्टेटबारे कानुन मात्र बनाएको बताए । ‘जग्गा कसले बेचेको हो, थाहा छैन । हामीले जग्गा सट्टापट्टा गर्न सहजीकरणका लागि कानुन मात्र बनाएको हो’

उनले त्यससम्बन्धमा कानुन ठीक नभए सच्याउनसमेत सुझाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved