कार्यदलको बैठक आज पनि बस्ने, टीओआरको गाँठो फुकाउनै सकस

नेपालभ्युज

कार्यदलको बैठक आज पनि बस्ने, टीओआरको गाँठो फुकाउनै सकस

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टीओआर बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

संसद बैठक अगावै सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको समितिको टीओरमा सहमति खोज्न कार्यदलको बैठक बोलाइएको हो ।

बैठक बिहान साढे ८ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य जीवन परियारले बताए । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन ।

संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेको अडान कायमै रहदा बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुको भनाई छ । सत्तापक्षले भने गृहमन्त्रीको नाम उल्लेख नगरी उनी संलग्न रहेको भनिएका सहकारीको नाम उल्लेख गर्न सकिने बताउदै आएको छ ।

हिजोको बैठकमा सत्ता पक्ष केही लचक भएकाले आज सहमति जुट्न सक्ने परियारले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved