काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले टि-ट्वान्टी लिगमा स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको बताएका छन् । पूर्वकप्तान खड्काले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दे यस्तो बताएका हुन् । उनले यो अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो’, उनले लेखका छन्, ‘यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी २० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’
उनले यस घटनाले खेलाडी तथा खेलप्रेमीहरुलाई चोट पुर्याएको बताउँदै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाइ कडा कारवाही गरियोस् ।’
Facebook Comment
Comment