फेरि विवादमा भुवन केसी, नयाँ सेन्सर नियमको विरोधमा हलवाला

बोर्डको नियमले चलचित्र हल संकटमा परेको र व्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको जिकिर छ। बुधबारको भेलाले आन्दोलनको स्वरूप तय गर्ने जनाइएको छ। बोर्डले अनावश्यक दुःख दिएको, वास्तविक हल व्यवसायीको प्रतिनिधित्व गर्न नसकेको संघको आरोप छ।

नेपालभ्युज

फेरि विवादमा भुवन केसी, नयाँ सेन्सर नियमको विरोधमा हलवाला

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएदेखिनै विवादै विवादमा पर्दै आएका भुवन केसी पुन विवादमै फसेका छन्। अध्यक्ष केसीविरुद्ध देशैभरका फिल्म हल सञ्चालक नै आन्दोलनमा उत्रिएका छन्। नेपाली फिल्म हलको छाता संस्था नेपाल चलचित्र संघले भोलि (बुधबार) देशभरका हल ब्यावसायीहरूको बृहत् भेला बोलाएको छ।

चलचित्र विकास बोर्डले पछिल्लो समय ल्याएको ‘रिलिजको एक साता अगाडि नै फिल्म सेन्सर गर्नुपर्ने’ नियमको विरोध गर्दै हल मालिकहरू आन्दोलनमा लागेका हुन्। संघले गत पुस १ गते देशभरका सबै हल सञ्चालकलाई पत्र लेख्दै बोर्डको निर्णयविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेको थियो।

बोर्डको नियमले चलचित्र हल संकटमा परेको र व्यवसाय बचाउनुपर्ने परिस्थिति आएको संघको जिकिर छ।
बुधबारको भेलाले आन्दोलनको स्वरूप तय गर्ने जनाइएको छ। बोर्डले अनावश्यक दुःख दिएको, वास्तविक हल व्यवसायीको प्रतिनिधित्व गर्न नसकेको संघको आरोप छ।

चलचित्र विकास बोर्डले भने रिलिजको एक साता अगाडि फिल्म सेन्सर गर्नुपर्ने आफूले ल्याएको नियम राष्ट्र, राष्ट्रियताको पक्षमा रहेको दाबी गरेको छ। चलचित्र विकास बोर्डको नियमले हामी फिल्म हल व्यवसायी विस्थापित हुने अवस्थामा पुग्ने संघका अध्यक्ष गोपाल कायस्थ बताउँछन्। यसले हलवालालाई विस्थापित मात्र गर्दैन, देशको रकम बाहिरिने वातावरण पनि बन्ने उनले बताए।

उनी भन्छन्, ‘‘बोर्डको यो नियमले हामी हल बन्द गर्ने अवस्थामा समेत पुगेका छौँ।। नेपाली फिल्मले दर्शक पाउँदैन। दर्शक पाउने हिन्दी फिल्मलाई बोर्डले विभिन्न नियम ल्याएर अवरोध गर्छ। भोलि यही बहानामा कुनै फिल्म रोकियो भने हामीले हलमा के देखाउने ? घाटा सहेर बस्ने ? हल बन्द गर्ने?’’

यता चलचित्र संघले भने बोर्डको समर्थन गरेका छ। विकास बोर्डले केही अगाडि विश्वकपको समयमा हलमा विश्वकप फुटबल देखाउन अनुमति दिएर पनि पछि रोक लगाएको थियो। हलमा विश्वकप देखाउन पाएको भए धेरै समयअघिदेखिको अघिको घाटा असुल गर्न सक्ने तर त्यो वातावरण नदिएको हलमालिकले गुनासो गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved