सर्लाहीमा गोली चल्यो, सशस्त्र प्रहरी जवान घाइते

नेपालभ्युज

सर्लाहीमा गोली चल्यो, सशस्त्र प्रहरी जवान  घाइते

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका–७ मा गोली चलेको छ । रामनगर गाउँपालिका ६ का ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

साहलाई गोली हानेको आशङ्कामा प्रहरीले स्थानीय रामप्रवेश साहलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पाखुरामा एक गोली लागेर घाइते भएका साहलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि वीरगञ्ज पठाइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुरेश शाह सशस्त्र प्रहरी जवानको रुपमा काभ्रेमा कार्यरत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved