युक्रेनले भन्यो- ‘रुसी आक्रमण असफल पार्‍यौँ’

नेपालभ्युज

युक्रेनले भन्यो- ‘रुसी आक्रमण असफल पार्‍यौँ’
फाइल फोटो

किएभ । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन् । केही सातायता युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधार एवम् सर्वसाधारणलाई लक्ष्य गरी आक्रमण जारी राखेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आतङ्कवादीले इरानमा निर्मित १३ वटा ड्रोनहरू प्रहार गरेका तथा सबैलाई रोकिएको बताएका छन् । बिहानको समयमा गरिएका आक्रमणपछि हिउँले ढाकिएको राजधानी प्राय शान्त रहेको अधिकारीहरूले बताएका छन् ।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई विफल तुल्याइए पनि ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चारवटा आवासीय भवनमा क्षति भएको बताए । केन्द्रीय शेभचेन्किभस्की जिल्लामा रहेको एउटा तीनतले कर कार्यालय भवनको छतमा प्वाल परेको तथा रोकेर राखिएका सवारी साधनका शिशा फुटेका छन् । एपी
–––


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved