बिहारमा सत्तारूढ दलका नेताको गोली हानी हत्या

नेपालभ्युज

बिहारमा सत्तारूढ दलका नेताको गोली हानी हत्या
सांकेतिक तस्वीर।

काठमाडौं । भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल (युनाइटेड)का नेता सौरभ कुमारको गोली हानी हत्या भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सौरभ बुधवार राति एक विवाहबाट फर्कँदै गर्दा पटना नजिकैको पुनपुन क्षेत्रमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए ।

उप डिभिजनल पुलिस अफिसर कन्हैया सिंहले समाचार एजेन्सी एएनआईलाई भने, ‘सौरभ कुमार आफ्ना साथीहरूसँग रिसेपशन समारोहमा गएका थिए । त्यहाँबाट फर्कने क्रममा उनलाई मोटरसाइकलमा सवार केही अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए। घाइते उनलाई अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरे ।’

यो सम्पूर्ण घटनालाई दुर्भाग्यपूर्ण र निन्दनीय भन्दै युनाइटेड नेता अभिषेक झाले भने, ‘गहिरो अनुसन्धान भइरहेको छ। यस हत्याको पछाडि जो भए नी कडाभन्दा कडा कारबाही हुनुपर्दछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved