सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

नेपालभ्युज

सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

काठमाडौं । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेका छन् ।

सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरू भएको आन्दोलनलाई सालेहीले आफ्ना गीतमार्फत् समर्थन गरेका थिए ।

सालेहीका वकिलहरूमध्ये एक अमिर रायसियनले भने, ‘यस सजायविरूद्ध अपील गर्नेछौं।’ यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेको थियो ।

सन् २०२३ जुलाईमा सालेहीलाई अदालतले छ वर्ष तीन महिनाको जेल सजाय सुनाएको थियो ।

तर, यस वर्षको जनवरीमा इस्फाहानको क्रान्तिकारी अदालतले सालेहीविरूद्ध नयाँ आरोप लगाएको उनका वकिल रायसियनले बताए ।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरूद्ध दुष्प्रचार र दंगा भड्काउनेलगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ ।

अदालतले सालेहीलाई मृत्युदण्डको सजायविरूद्ध अपील गर्न २० दिनको समय दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved