सडकका लागि बजेट दिएकोमा मुख्यमन्त्री र मन्त्रीलाई उपमहानगरको सम्मान

नेपालभ्युज

सडकका लागि बजेट दिएकोमा मुख्यमन्त्री र मन्त्रीलाई उपमहानगरको सम्मान

धनगढी। धनगढी उपमहानगरपालिकाले सडक बनाउन बजेट दिएकोमा सुदूरपश्चिमका मुख्यमन्त्री र केही मन्त्रीलाई सम्मान गरेको छ । आफ्नो आग्रहअनुसार प्रदेश सरकारले ६० करोड बजेट दिएको भन्दै उपमहानगरले मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री प्रकाश रावल लगायतलाई सम्मान गरेको हो ।

प्रदेश सरकारले धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि ६० करोड बजेट विनियोजन गरेको थियो । बुधबार धनगढी उप महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर गोपाल हमाल र उप मेयर कन्दकला रानाले उनीहरूलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर हमालले उपमहानगरको बजेटले हुन नसक्ने काममा प्रदेश सरकारले सहयोग गरेर विकासमा हातेमालो गरेको भन्दै धन्यवाद दिए । सो सडक निर्माणका लागि उपमहानगरले १५ दिनभित्र टेन्डर निकाल्ने गरी तयारी थालेको छ ।

सडक विस्तारको काम दुई वर्षभित्र सम्पन्न हुने मन्त्री सोडारीले बताए । मुख्यमन्त्री भट्टले प्रदेशको राजधानी रहेको धनगढीमा ठूलो योजना लागू गर्न सक्नु गौरवको विषय भएको बताए ।

कैलाली पुलदेखि क्याम्स रोडसम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्रेका लागि यो रकम खर्च हुनेछ । सडकको बीचबाट १५ मिटर दायाँ, बायाँका भौतिक संरचना अहिले खाली गराउने कार्य भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved