काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन् । रावलले शुक्रबार फेसबुकमार्फत् शाह र अमेरिकी राजदूत डिन थम्पसनको भेटघाट र औपचारिक प्रक्रियाबारे ध्यानाकर्षण गराएका थिए ।
‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था स्मरण गराउँदा रावलले उक्त भेटवार्ता अघि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन भनी प्रश्न सोधेका थिए । ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं,’ उनले लेखेका छन्, ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आाफुखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन संक्रमणकालीन गठबन्धन सरकार ? जनउत्तरदायी हौ भने जवाफ देऊ।’
जवाफमा मेयर शाहले राजदूत थम्पसन परराष्ट्रबाट अनुमति लिएर आएका स्पष्ट पारेका छन् । ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले शुक्रबार साँझ रावललाई जवाफ फर्काउँदै भनेका छन् ।
‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ,’ उनले अगाडि भनेका छन् ।
एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त भेटमा व्यक्त गरेको बालेनले स्पष्ट पारेका छन् ।
Facebook Comment
Comment