विमानस्थलमा बेहोस भएका युवकको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। उपचारको क्रममा उनको मृत्यु भएको जुम्ला प्रहरीका निरीक्षक धर्मराज जोशीले बताए।

नेपालभ्युज

विमानस्थलमा बेहोस भएका युवकको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै
प्रतिकात्मक तस्वीर

सुर्खेत। जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। उपचारको क्रममा उनको मृत्यु भएको जुम्ला प्रहरीका निरीक्षक धर्मराज जोशीले बताए।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जाली भित्र टिकापुर ७ शतिगाउँका अन्दाजी २८–२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।

जैसीको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। घटनाबारे थप अनुसन्धान हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved