गोली प्रहारपछि पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पहिलोपटक र्‍यालीमा, हजारौं सहभागि

नेपालभ्युज

गोली प्रहारपछि पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पहिलोपटक र्‍यालीमा, हजारौं सहभागि

लाहोर। पाकिस्तानका अपदस्थ प्रधानमन्त्री तथा  पाकिस्तान तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान एक विशाल र्‍यालीमा सहभागि भएका छन् । खानमाथि तीन हप्ताअघि गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका खानले शनिबार रावलपिण्डीमा भएको एक विशाल र्‍यालीमा सहभागि भएर सम्बोधन गरेको बीबीसीले जनाएको छ।

सम्बोधनका क्रममा उनले आफूलाई वर्तमान सरकारले मार्न खोजेको तर पटक्कै डर नलागेको बताएका छन् ।  उनले समर्थकहरूलाई भने, “डरले सिंगो राष्ट्रलाई दास बनाउँछ”।

उनले वर्तमान सरकारका सदस्यहरूलाई वजिराबादमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन्। सरकारी अधिकारीहरूले भने आरोप अस्वीकार गरेका छन् ।

रावलपिंडीमा भएको र्‍यालीमा खानका समर्थकहरू हर्षोल्लासमा उत्रिएका थिए । एक महिलाले देशको माया गर्ने सच्चा नेताको समर्थनमा आफू सडकमा आएको बताएकी छनि। “म यहाँ एक नेताको लागि छु जसले हामीलाई समर्थन गर्दछ,” उनले बीबीसीलाई भनिन्।

भीडमा रहेका एकजना मानिसले भने, ‘एक जना मात्रै छन् जसले सबै अन्यायविरुद्ध आवाज उठाइरहेका छन् । उनको दर्शनको लागि म यहाँ छु ।’

उच्च सुरक्षाको बावजुद वातावरण रमाइलो थियो ।  समर्थकले पूर्व प्रधानमन्त्रीको समर्थनमा नारा लगाउनुका साथै लाउडस्पीकरबाट लोकप्रिय पाकिस्तानी गीतहरू बजाएका थिए ।

खानलाई अविश्वासको प्रस्तावमार्फत यसै वर्षको सुरुमा प्रधानमन्त्रीबाट हटाइएको थियो । आफ्नो भाषणको क्रममा उनले आफ्नो शासनकालमा भ्रष्टाचार नियन्त्रणमा असफल भएको दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved