सर्लाही २ बाट नेसपाका महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित

सर्लाही- २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष  महिन्द्र राय यादव विजयी भएका छन् । उनले लोसपाका राजेन्द्र महतोलाई हराए ।

नेपालभ्युज

सर्लाही २ बाट नेसपाका महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित

काठमाडाैं ।  सर्लाही- २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष  महिन्द्र राय यादव विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै महिन्द्र विजयी भएका हुन् ।

यादवले २३ हजार ५२९ मत प्राप्त पाउँदा उनका निकटतम प्रतिष्पर्धी महतोले २१ हजार ५१८ मत मात्र पाए ।

यस्तै  एमालेका राजनारायण साह  १४ हजार ८१९ मतसहित तेस्रो स्थानमा रहे । जनमत पार्टीका नरेशप्रसाद कुशवाहाले ६ हजार ५५४ मत पाए ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका यादव माओवादीको निर्वाचन चिह्नबाट चुनाव  लडेका थिए । नेसापाबाट प्रतिनिधिसभामा जित्ने उनी एक्लो हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved