गृहमन्त्री बालकृष्ण खाण राप्रपाका दीपक बोहरासँग पराजित

नेपालभ्युज

गृहमन्त्री बालकृष्ण खाण राप्रपाका दीपक बोहरासँग पराजित

बुटवल । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देही २ बाट पराजित भएका छन् । खाण राप्रपाका दीपक बोहरासँग २५ सय भन्दा बढि मतान्तरले हारेका हुन् ।

निर्वाचन आयोगले आधिकारिक परिणाम भने घोषणा गरेको छैन । खाण पराजित भएपछि मतगणनाको अन्तिम समयमा कांग्रेस कार्यकर्ताले धाँधली भएको भन्दै पुन मतदान माग गरेका छन् । यसले गर्दा अन्तिम परिणाम घोषणा हुन सकेको छैन ।

सत्ता गठबन्धनका उम्मेदवार खाण प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।

बोहरालाई एमाले र जसपाले पनि समर्थन गरेका थिए । २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित बोहरा २०७० सालमा रुपन्देही २ बाट संविधानसभा सदस्य बनेका थिए ।

उनले विभिन्न मन्त्रालय समेत सम्हालिसकेका छन् । यो सँगै राप्रपाले प्रतिनिधिसभामा सात सिट जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved