बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा

नेपालभ्युज

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा

काठमाडौं। बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन् ।  नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार चौधरीले १२ हजार ८ सय ८७ मत ल्याएका छन् । फराकिलो मतान्तर सहित अग्रता कायम गरेका लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ ८ हजार २ सय दुई मतका साथ दोस्रो स्थानमा छन् । यस्तै एमालेका पंकजसिंह राठौरले ४ हजार छ सय ७८ मत पाएका छन् भने राप्रपाका विनय रावलले २ हजार ५ सय ३२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved