फिफा विश्वकप २०२२ : इंग्ल्याण्डको शानदार सुरूआत

फिफा विश्वकप फुटबलको दोस्रो खेल विश्वकपको उपाधि दाबेदार इंग्ल्याण्डले जितेको छ। एसियाली टिम इरानलाई ६ – २ गोलले पराजित गर्दै शानदार विजय हासिल गरेको हो।

नेपालभ्युज

फिफा विश्वकप २०२२ : इंग्ल्याण्डको शानदार सुरूआत

काठमाडौं। फिफा विश्वकप फुटबलको दोस्रो खेल विश्वकपको उपाधि दाबेदार इंग्ल्याण्डले जितेको छ। एसियाली टिम इरानलाई ६ – २ गोलले पराजित गर्दै शानदार विजय हासिल गरेको हो।

इंग्ल्याण्डका लागि जुड बेलिङ्घम, रहिम स्टर्लिङ, मारकस र्यासफाेर्ड, ज्याक गृलिश र बुकायो साकाले गोल गरे। इरानको लागि मेहदीले गाेल फर्काए। खेलको ३५ औँ मिनेटमा बेलिङ्घमले, ४४ औँ तथा ६२ औँ मिनेटमा साका , पहिलो हाल्फको इन्जुरी समयमा स्टर्लिङले, ७१ औँ मिनेटमा मारकस र्यासफाेर्ड, ९० मिनेटमा ज्याक गृलिश ले गोल गरे। ६५ औँ मिनेटमा र इन्जुरी समयमा मेहदीले गोल गरे।

इंग्ल्याण्ड र इरान पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा आमनेसामने भएका हुन्। चार वर्षअघि रुसमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको इंग्ल्याण्ड कतार विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

गत वर्ष भएको युरोफकपमा भने इंग्ल्याण्ड फाइनलमा पराजित भएको थियो। इरानले भने विश्वकप छनोटको तेस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै १० मध्ये ८ खेल जितेको थियो।

यसअघि हिजो विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो । पहिलो खेलमा हार बेहोर्ने आयोजक राष्ट्र कतार बनेको छ । दोस्रो राष्ट्र इरान बनेको छ। सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेयता इंग्ल्याण्डले केही जित्न सकेको छैन। त्यसैले कतारमा ५६ वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यमा इंग्ल्याण्ड छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved