कांग्रेसबाट बैठक अवरोध भएपछि अध्यक्ष दाहालले भने- राष्ट्रिय सभा बैठक ‘तारिख लगाए जस्तो’ भयो

‘पहिलेपहिले भन्ने गरिन्थ्यो- तारिख लगाए जस्तो’, अध्यक्ष दाहालले भने, ‘यहाँ आउने । एकथरी माननीयज्यूहरू उठ्ने । अरु बस्ने र हेर्ने । यो तारिख लगाए जस्तो भयो ।’

नेपालभ्युज

कांग्रेसबाट बैठक अवरोध भएपछि अध्यक्ष दाहालले भने- राष्ट्रिय सभा बैठक ‘तारिख लगाए जस्तो’ भयो

काठमाडौं । शुक्रबारको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरू उठेपछि अध्यक्ष नारायण दाहालले ‘तारिख लगाए जस्तो’ भन्दै व्यंग्य गरेका छन् ।

‘पहिलेपहिले भन्ने गरिन्थ्यो- तारिख लगाए जस्तो’, अध्यक्ष दाहालले भने, ‘यहाँ आउने । एकथरी माननीयज्यूहरू उठ्ने । अरु बस्ने र हेर्ने । यो तारिख लगाए जस्तो भयो ।’

उनले कसैले नचाहँदा नचाहँदै पनि परिस्थिति पेचिलो बन्दै गएको बताए ।

कांग्रेसको अवरोध कायमै रहेपछि राष्ट्रिय सभा बैठक १३ गते साढे ११ बजेका लागि स्थगित गरिएको छ ।

सहकारीमा जम्मा गरिएको हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । तर समितिको कार्यादेश नटुंगिएपछि उसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved