कास्कीको इन्द्रेणी आधारभूत विद्यालय केन्द्रमा पुनः मतदानको माग

नेपालभ्युज

कास्कीको इन्द्रेणी आधारभूत विद्यालय केन्द्रमा पुनः मतदानको माग

काठमाडौं । कास्कीको रूपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुनः मतदानको माग भएको छ । सरकारबाट जापर भएको परिचयपत्रको प्रतिलिपिका आधारमा मतदान गर्न नदिइएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

कागजातको विषयमा छलफल गर्न खोजिएको भए पनि मतदान अधिकृत बन्धुराज रेग्मी र मदनबहादुर केसीले छलफलका समय उपलब्ध नगराई जनताकोअधिकार कुण्ठित गर्न खोजेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आरोप लगाएका छन्।

नेपाली कांग्रेसका वडा सभापति अर्जुनकुमार श्रेष्ठ र माओवादी केन्द्र वडा कमिटी अध्यक्ष माधव पौडेलले पुनः मतदानको माग राख्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

‘सवारी चालक अनुमति पत्र, जग्गाधनी लालपुर्जा र नागरिकता प्रमाण पत्रको प्रतिलिपिका आधारमा यो निर्वाचन केन्द्रका मतदान अधिकृत बन्धुराज रेग्मी र मदनबहादुर केसीसँग मतदानका विषयमा आवश्यक छलफलका नगरी पार्टी प्रतिनिधिलाई बेवास्ता गरी जनताको मतदान गर्न पाउने अधिकार लाई कुण्ठित गर्न खोजेको छ।’ पत्रमा लेखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved