विश्वकप फुटबल : पहिलो हाफमा कतार पछाडि

नेपालभ्युज

विश्वकप फुटबल : पहिलो हाफमा कतार पछाडि

काठमाडौं। फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा अहिले कतार र इक्वेडरबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको अल बायत रङ्गशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोली कतार २ गोलले पछाडि परेको छ ।

इक्वेडरका लागि इनर भ्यालेन्सियाले २ गोल गरे । खेलको १६औँ मिनेटमा भ्यालेसिन्याले पेनाल्टीमा पहिलो र ३२ औँ मिनेटमा दोस्रो गेल गरे ।  खेलको तेस्रो मिनेटमा पनि भ्यालेन्सियाले बललाई जाली चुमाएका थिए । तर, अफसाइड भएका कारण सो प्रहारलाई गोल गनिएको थिएन ।

विश्वकपमा डेब्यू गरेको कतार जितका साथ प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । इक्वेडर पनि जितेरै अगाडि बढ्न चाहन्छ । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्याण्ड्स रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved