कार्यदलमा अझै जुटेन सहमति

नेपालभ्युज

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठन भएको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा कांग्रेसले लचिलो प्रस्ताव ल्याएको एमालेका महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै तोक्ने अडानबाट उनी जोडिएको संस्थाहरूको नाम उल्लेख गर्न सकिने प्रस्ताव ल्याएको हो । तर त्यसमा सहमति भने भइनसकेको उनको भनाइ छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठक कांग्रेसले अवरोध नगरोस् भन्ने आफूहरूको अपेक्षा रहेको तर त्यस्तो भएन भने सरकारी बिजनेस अगाडि नबढ्ने बर्तौलाले बताए ।

संसद् जारी रहँदा कार्यदलको सिंहदरबारमा वा नयाँ बानेश्वरमा बैठक बस्न सक्ने सम्भावना पनि उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved