बाजुराको भगवती विद्यालय केन्द्रको मतपेटिकामा आगजनी

नेपालभ्युज

बाजुराको भगवती विद्यालय केन्द्रको मतपेटिकामा आगजनी

बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।

कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved