मलाई जिताए घोषणापत्रका प्रतिवद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल

नेपालभ्युज

मलाई जिताए घोषणापत्रका प्रतिवद्धताहरु सबै पूरा गर्छु : ईश्वर पोखरेल
फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन् । सोमवार काठमाडौं- ५ मा चुनावी घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए। उनले काठमाडौं- ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताए।

उनले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गरे । उनले भने, ‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरुको नेकपा एमालेका उम्मेद्वाहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौं । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा जे प्रतिवद्धताहरु जनाएका थिए । ती प्रतिवद्धताहरु अनुरुप सबै काम गर्‍यौं । काठमाडौं ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गरेर जाने छौं ।’

काठमाडौं- ५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहेका छन् । पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धर समेत सहभागी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved