तनहुँमा नदीले बगाउँदा एक पुरुषको मृत्यु

नेपालभ्युज

तनहुँमा नदीले बगाउँदा एक पुरुषको मृत्यु

तनहुँ। तनहुँमा नुहाउने क्रममा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्यास नगरपालिकास्थित मादी नदीमा नुहाउने क्रममा डुबेर सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो ।

पौडेललाई नदीले बगाएर एक किलोमिटर तल पुर्‍याएको र तत्काल उद्धार गरी दमौली अस्पताल पठाइएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved