सागरको गुहार- प्रचार प्रसारमा रोक लगाइयो, मलाई जोगाइदिनुस्

नेपालभ्युज

सागरको गुहार- प्रचार प्रसारमा रोक लगाइयो, मलाई जोगाइदिनुस्

काठमाडौं । आगमी मंसिर ४ मा हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सागर ढकालले जनातासँग गुहार मागेका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा एक सन्देश शेयर गर्दै ढकालले जनता गुहार्नु बाहेक केही बाँकि नरहेको भन्दै गुहार मागेका हुन् । उनले सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ भन्दै निराशा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,’ मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। ‘

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा प्रशासनले आखा बन्द गरेको आरोप लगाएका छन् । साथै उनले आफूलाई हर्क साम्पांङले जस्तो गरि माइकिंग गर्न पनि नदिएको बताएका छन् ।

‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।’ उनले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved