अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

नेपालभ्युज

अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

काठमाडौं । चर्चित अमेरिकी र्‍याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ ।

हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् ।

गोली प्रहारलगतै टेकअफको मृत्यु भएको थियो भने अन्य दुई जना गोली लागेर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको  बताइएको छ ।

सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि  र्‍याप गाउन थालेका थिए । उनि आवद्ध रहेको मिगोस ब्याण्डले सन् २०१३ देखि लोकप्रियता प्राप्त गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved