डिभोर्स गर्दै ‘जेरी’

नेपालभ्युज

डिभोर्स गर्दै ‘जेरी’

काठमाडौं। दुई वर्षअघि प्रेम विवाह गरेकी चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । यी प्रेम जोडीले आपसी सहमतिमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।

एक छोरीसमेत रहेका बानियाँ र क्षेत्रीले डिभोर्सका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरूको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरूको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनुभएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनुभयो भने आइतबार प्रक्रिया पूरा होला ।’

लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved